पर्सा– नेपाली काँग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाली कांग्रेस पर्सा जिल्लाको पार्टी कार्यालयको उद्घाटन गर्नुभएको छ । देउवाले वीरगंज २४ रामगढवामा निर्मित आत्माराम ओेझा दुखा सहनी स्मृति भवनको उद्घाटन गर्नुभएको हो । वीरगन्ज महानगरपालिका, विभिन्न दाता र कांग्रेसका नेताहरुको सहयोगमा करिव १ करोड २९ लाख रुपैयाँको लागतमा सुविधासम्पन्न पार्टी कार्यालय भवन निर्माण गरिएको कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले जानकारी दिनुभयो ।
कार्याक्रमलाई सम्बोधन गर्दै देउवाले नेपाल सबै जातजाति र भाषाभाषीहरुको भएकाले सबैलाई मिलाएर लैजानु आजको आवश्यकता रहेको जिकिर गर्दै आदिवासी जनजाति, दलित, महिला, थारु, मुस्लिम सबैलाई एकतावद्ध बनाउनुपर्नेमा जोड दिन बताउनु भयो ।
देउवाले पार्टीलाई बलियो बनाउनको निम्ती अहिले सबै पङ्गक्तीलाई एक जुट भएर अगाडी बढन आवश्यक रहेको बताउनुभयो ।
नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य तथा कानुनमन्त्री अजय चौरसिया, केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री रमेश रिजाल, केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना, अनिल रुंगटा, उमेशजंग रायमाझी, नगिना यादव,पूर्वमन्त्री सुरेन्द्र चौधरी, मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, प्रदेश सभा सदस्यहरु श्याम पटेल,शंकर चौधरी,नेता शोभाखर पराजुली, कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ,कांग्रेस पर्साका उपसभापतिद्वय रामनारायण कुर्मी र अशोक गुप्ता,जिल्ला सचिवद्वय इम्तियाज आलम र दिनेश चौधरी लगायतकोपनि उपस्थिती थियो ।
प्रतिक्रिया