वीरगञ्जः सशस्त्र प्रहरी बल नेपाल पर्साले करिव १३ लाख बराबरको अवैध समानहरु भन्सार दाखिला गरेको छ ।
बुधवार बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल प्रास्तावीत सिमा सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरीका नयांब उपरिक्षक नरेन्द्र सिहं धामिको कमाण्डमा खटिएको प्रहरी टोलिले भारतबाट अवैध रुपमा भन्सार छल्ली गरि ल्याउदैं गरेको अवस्थामा बिभिन्न सिमा क्षेत्रबाट करिव ११ लाख २४ हजार बराबरको कपडा, किराना तथा मोटरसाईकल पार्टसहरु पक्राउ गरेको थियो । समान संगै रहेको बिआर ०५ एन ५२४६ नम्बरको मोटरसाईकलको अनुमानीत मुल्य १ लाख ५० हजार मुल्यांकन गरि समान सहित भन्सार दाखिला गराएको हो ।
यसैगरी (बिओपि) अमरपट्टीबाट खटिएको प्रहरी टोलीले विन्दवासिनी ३ भलुवा सीमाबाट ५० हजार बराबरको कपडा बरामद गरेर वीरगञ्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीका प्रवक्ता देवेन्द्र सिंहले जानकारी दिए । साथै उनले आजकै मितिमा सुरक्षा वेश क्याम्प बेलवाबाट खटिएको प्रहरी टोलिले ७० हजार बराबरको २८ स्कवाएर फिटको २ वटा सालको गोलिया, नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय सबैयामा बुझाएको बताएका छन ।
प्रतिक्रिया