बीरगंज: राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा द्वारा पार्टी सभापति रबि लामिछाने लाई सरकारले संसदिय छानबिन समितिको प्रतिबेदन विपरित धरपकड गरेको भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार दिउसो पार्टीका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा आदर्शनगर बाट निस्केको मौन जुलुसले जिल्ला प्रशासन कार्यालय पर्सा पुगेर साहयक प्रमुख जिल्ला अधिकारी सानू बाबू अधिकारी लाई ध्यानाकर्षण पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै साहायक प्रमुख जिल्ला अधिकार सानू बाबुले जिल्ला प्रशासन कार्यालयले आजै उक्त ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताए ।
रबि निर्दोष छन , राजनीति पुर्बाग्रह नसाँध । ८७ अर्ब ठग्ने असली सहकारी ठगहरु लाई कार्बाही गर भन्ने प्लेकार्ड बोकेको जुलुसले ज्ञापनपत्र बुझाएर माइस्थानमा पुगेर कोणसभा समेत गरेको थियो । कोणसभालाई सम्बोधन गर्दै जिल्ला सभापति हरि पन्तले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन खबरदारी गर्दै यसो भएमा नेपाली जनताले श्रीलंका र बाङ्लादेशझै ८४ अघिनै सत्ता कब्जा गर्ने बताए ।
उनले सत्ता स्थाइ नहुने र नेपाली जनताले सबै गतिविधि नजिक बाट नियालिरहेकोले यसको हिसाब किताब पनि चाडै गर्ने बताए । रास्वपा क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र , फैयाद मिया ,प्रदेश सदस्य तुलसा पौडेल , सुदिश प्रजापति , प्रचार बिभागका प्रदेश प्रमुख राम शरार्फ , सङठन र शिक्षा बिभागका प्रमुख राम प्रमोद रायमाझी , राम आर्य सोनाला पटेल पालिका सभापति माधब बस्नेत , उमेश यादब , चन्दन गुप्ता र प्रदीप पटेल लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको सभालाइ केन्द्रिय सदस्य डा नन्दन यादब र पुर्ब सम्योजक दिलिप कुर्मिले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया