वीरगञ्ज: अनियमित बिधुत कटौतीको बिरोध गर्दै वीरगंजका स्थानियहरुले आज बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्रका प्रमुख अबधेश दुवेलाई ध्यानकार्षण गराएका छन । युवा नेता एवं समाजसेवी अकलेश साहको नेतृत्वमा गएको स्थानियहरुको टोेलीले अनियमित बिधुत कटौतीको बारे ध्यानाकर्षण गराएका थिए। टोलीले ट्रान्सफमर मर्मत, केवल मर्मत लगायतको प्राबिधिक कामलाई चुस्त दुरुस्त बनाउन आग्रह गर्दै बिद्युत अवरोध भएको बेलाको सुचना प्रवाह गरि उपभोतालाई जानकारी गराउन आग्रह गरेका थिए।
जवाफमा केन्द्रका प्रमुख दुवेले प्राबिधिक कारण र ओभर बिधुत खपतका कारण समस्या भएको बताए । उनले क्षमता भन्दा बढि लोड भएको कारण बिद्युतले भार सहन नसक्दा समस्या भएको बताए । उनले गण्डक र छपकैयामा निर्माण भईरहेको सवस्टेशन पश्चात मात्र समस्या समाधान हुने जिकिर गरे ।
पर्सालगायत वीरगञ्ज महानगरमा अनियमित विद्युत कटौती हुँदै आएका कारण स्थानीयवासीहरु पीडित हुँदै आएका छन्। टोलीमा वडा नम्बर १३ का वडा अध्यक्ष हिरा गिरी, वडा सदस्य कमरुदिन अंसारी, युवा नेता संतोष पटेल,पिन्टु रौनियार, जगमोहन पटेल,सजाहिर अंसार लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया